सुनसरीमा दशगजा क्षेत्र अतिक्रमण गरी बनाइएको घरटहरा हटाइएयो



धरान। भारतले नेपालको सिमा भुमी आफ्नो भएको नक्सा जारी गरेपछि दुई देशबीच सिमा विवाद चर्किरहदा सुनसरीमा भने दुवै देशका अधिकारीहरुको सहमतिमा दशगजा क्षेत्र अतिक्रमण गरी बनाइएको घरटहरा हटाइएको छ ।

बिहिबार सुनसरीको बर्जु गाउँपालिका वडा नं ४ इटरी र भारतको विहार राज्यस्थित अररिया जिल्लाको सोनापुर ग्रामपञ्चायत १७ गुवारपुच्छी क्षेत्रमा नेपाल र भारतकोतर्फबाट दशगजा अतिक्रमण गरी बनाइएको कुल १४ वटा टहरा हटाइएको हो । जिल्ला प्रशासनका अनुसार नेपाल भारत सीमा स्तम्भ नं १८५ पिपि ७४ मुख्यदेखि सीमा स्तम्भ नं १८४ मुख्यसम्म बोर्डर ईलाकामा अतिक्रमण गरी दुवै देशतर्फबाट बनाइएको टहरा सहमतिमा नै हटाइएको हो ।

शासनका अनुसार दशगजामा नेपालतर्फबाट अतिक्रमण गरिएको ११ वटा घरटहरा र भारततर्फबाट अतिक्रमण गरी बनाइएको ४ वटा घरटहरा बिहिबार हटाइएको हो । यस्तै, करिब १ कठ्ठा १० धुरमा लगाईएको तरकारी बाली तथा केरा खेती पनि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साहेबगन्जबाट खटिएको टोलीले हटाएको छ ।

सशस्त्रका सहायक प्रहरी निरीक्षक श्यामबाबु राय यादबको कमाण्डमा १३ जना र समकक्षी भारतिय सीमा सुरक्षा बल ५६ बटालियनका ए कम्पनीका एयसआई मुलराज शर्माको कमाण्डमा खटिएको ५ जनाको संयुक्त टोलीले दशगजा अतिक्रमण गरी बनाइएको घरटहरा तथा बाली हटाएको हो । उक्त क्षेत्रमा अहिले स्थिति सामान्य रहेको प्रशासनले जनाएको छ ।

सम्बन्धित समाचार