महमा अखाद्य पदार्थ मिसावट गरी बिक्री गर्ने चार जना पक्राउ



कञ्चनपुर। महमा अखाद्य पदार्थ मिसावट गरी बिक्री गर्ने चार जना भारतीयलाई प्रहरीले भीमदत्त नगरपालिका ५ वनखेतबाट पक्राउ गरेको छ।  महमा चिनी, मैन, दालचिनीको पात लगायतका पदार्थको मिश्रण गरी बेचेको आरोमा भारतको उत्तरप्रदेश अम्बेदकरनगर सिजौलियाका ४० वर्षीय मोहम्मद सेन, २० वर्षीय रञ्जन खान, ३० वर्षीय चाँदबाबु खान र ४० वर्षीय अमिर खानलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। पक्राउ परेकाहरूबाट ८० डिव्वामा मिसावट भएको मह समेत प्रहरीले बरामद गरेको छ। पक्राउ परेका चारै जना जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका छन्।

सम्बन्धित समाचार