सवारी दुर्घटनामा परी एकजना कृषि अधिकृतको मृत्यु



दाङ । दाङमा भएको सवारी दुर्घटनामा परी एकजना कृषि अधिकृतको मृत्यु भएको छ । कृषि ज्ञान केन्द्र दाङका कृषि प्रसार अधिकृत बन्धुराम चौधरीको दुर्घटनामा परी बिहीबार मुत्यु भएको हो ।

घोराही–लमही सडक खण्ड अन्तर्गत बेलदमारमा उनी सवार रा १ ब ५८७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको रा १ ख १२७१ नम्बरको टिप्परले ठक्कर दिँदा चौधरीको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।घोराही उपमहानगरपालिका निवासी चौधरी स्मार्ट कृषि गाउँ कार्यक्रम प्यूठानको औलेनीमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम सकेर फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

सम्बन्धित समाचार