डोल्पामा घोडाबाट लडेर हात भाँच्चिएकी एक शिक्षिकाको हेलिकप्टरबाट उद्धार



डोल्पा । डोल्पामा घोडाबाट लडेर हात भाँच्चिएकी एक शिक्षिकाको हेलिकप्टरबाट उद्धार गरिएको छ । कैलाली जिल्ला घोडाघोडी नगरपालिका–१ बस्ने ३३ वर्षीया नवनियुक्त शिक्षिका यशोधा वलीको घोडाबाट लडेर दायाँ हात भाँच्चिएपछि सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरिएको हो । बिहिबारमात्रै शिक्षा विकास तथा समन्वय एकाइबाट नयाँ नियुक्ति लिनुभएकी वली आफू पदस्थापना भएको उपल्लो डोल्पामा पर्ने विद्यालयमा हाजिर हुन जाने क्रममा शुक्रबार शे–फोक्सुडो गाउँपालिका–८ मा पर्ने ¥याचीमा लडेर यस्तो घटना घटेको हो ।

शिक्षिका वली नयाँ नियुक्ति लिएर शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने पुग्मो गाउँस्थित गौतमबुद्ध आधारभूत विद्यालय जाँदै हनुहुन्थ्यो । हात भाँच्चिएको पीडा सहन नसकेर शिक्षिका वलीले व्यक्तिगत पहलमा ‘चार्टर’मा हेलिकप्टर बोलाएपछि उपचारका लागि पोखरा लगिएको छ ।

सम्बन्धित समाचार