मोरङमा चोरी गरेर भाग्दै गरेको अवस्थामा १ जना पक्राउ



मोरङ ।मोरङको सुन्दर-हरैचा नगरपालिका-९ बुधबारे स्थित राजकुमार बोहोराको घरमा चोरी गरेर भाग्दै गरेको अवस्थामा १ जना पक्राउ परेका छन । बिहिबार साँझ ६ बजेको समयमा काठमाण्डौ नैकाप घर भएका २६ बर्षिय आशीष मगरलाई उक्त घरमा कोही नभएको अवस्थामा चोरी गरी भाग्दै गर्दा स्थानीय मानिसले पक्राउ गरी प्रहरी चौकी बिराटचोकमा जानकारी गराएका थिए ।

घटनाबारे जानकारी पाउनासाथ उक्त स्थान तर्फ खटिएको प्रहरीको टोलीले निजको साथबाट ल्यापटप थान-१,पेन ड्राईभ थान-१,लगायत अन्य किराना सामान सहित नगद रु.४,५०० बरामद गरेको थियो । पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय बेलबारीमा ल्याई थप अनुसन्धान कार्य सुरु गरीएको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार