मंसिर २२ बाट पांमा कप फुटबल प्रतियोगिता शुरु हुने




संखुवासभा, १० मंसिर—‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुलनाराका साथ चौथो पाङ्मा कप खुल्ला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

जिल्लाको खाँदबारी नगरपालिका–४ पाङ्माको भगिवन्त रंगशालामा किराँतहरुको महान चाड उधौली पर्वको अवसरमा यहि २२ गते देखी २७ गते सम्म प्रतियोगिताको आयोजना गरिएको आयोजक लोहोरुङ क्लबका अध्यक्ष राजकुमार राईले बताए । उनले यो प्रतियोगिता संखुवासभाका छिमेकी जिल्लाहरु भोजपुर, धनकुटा, मोरङ र सुनसरी लगायतका क्लबहरुको सहभागीता जनाउने बताए ।

लोहोरुङ क्लबको आयोजनामा बर्सेनि खुल्ला फुटबल प्रतियोगिताको आयोजना हुर्दै आएको छ । प्रतियोगिताका विजेताले एक लाख १५ हजार, उपविजेता ५५ हजार र सान्त्वनालाई १५÷१५ हजार रुपैया नगद, मेडल र प्रमाणपत्र प्राप्त पर्नेछन् । त्यसैगरि प्रतियोगिताको सर्बोकृष्ट खेलाडी एक जनालाई ५ हजार नगद र ट्रफी, उत्कृष्ट गोलरक्षक एक जनालाई दुई हजार ५ सय रुपैया नगद र ट्रफी र सर्वाधिक गोलकर्ता एक जनालाई नगद दुई हजार ५ सय रुपैया र ट्रफी दिइने आयोजकले जनाएको छ ।

अहिले खेलमैदान मर्मत र आयोजनाका लागि चाहिने ब्यबस्थापकीय कार्य भइरहेको प्रतियोगिताको संयोजक जेबिन राईले बताए ।

सम्बन्धित समाचार