सङ्खुवासभामा शान्तिपुर्ण वातावरणमा मतदान हुँदै




सङ्खुवासभा, मंसिर १४ गते । दुई स्थानमा उपनिर्वाचन भईरहेको सङ्खुवासभामा विहान ७ बजेबाट मतदान सुरु भएको छ । जिल्लाका मकालु गाउँपालिका र खाँदबारी नगरपालिका वडा नम्बर ३ मा मतदान सुरु भएको हो ।

निर्वाचनमा विहानैबाट मतदाताहरु उत्साहका साथ मतदान गर्न आएका छन् । मकालु गाउँपालिका सुरक्षाको हिसावले अति संवेदनसिल भएपनि शान्तिपुर्ण तवरबाट मतदान भईरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मकालु गाउँपालिकामा १३ मतदान केन्द्रमा निर्वाचन भईरहेको छ भने खाँदबारी नगरपालिकामा २ केन्द्रमा मतदान भईरहेको छ ।

मकालु गाउँपालिकामा ९ हजार एक मतदाता रहेको छ भने खाँदबारी नगरपालिका ३ मा एक हजार आठ सय २२ जना मतदाता रहेका छन् । मकालु गाउँपालिकामा गाउँपालिका अध्यक्षको पदमा उपनिर्वाचन भईरहेको छ भने खाँदबारी ३ मा वडाअध्यक्षको उपनिर्वाचन भईरहेको छ । मतदान साँझ पाँच बजेसम्म हुनेछ ।

सम्बन्धित समाचार