खाँँदवारी ३ काे मत गणना सुरू



खाँदबारी । खाँदबारी नगरपालिका वडा नम्बर ३ को अध्यक्षको मत गणना सुरू भएकाे छ । सर्वदलिय बैठकपछि अहिले राती ८ बजेबाट मत गणना सुरू गरिएकाे हाे ।

मत गणना खाँदबारी स्थीत मुख्य निर्वाचन कार्यालयमा गरिदैछ । उमेद्वार थोरै र खसेको मतको संख्या पनि थोरै रहेकोले आज राती नै अन्तिम मत परिणाम आउन सक्ने बताईएको छ ।

३ नम्बर वडामा एक हजार ८ सय २२ मतदाता रहेकोमा एक हजार दुई सय ७१ मत खसेको छ । वडाअध्यक्षको लागि नेकपाको तर्फबाट भरतकुमार घिमिरे र नेपाली कांग्रेसको तर्फबाट बिक्रम गुरुङले उमेद्वारी दिएका छन् ।

सम्बन्धित समाचार