खाँदबारी ३ मा ३२९ मत अन्तरले नेकपाका भरत घिमिरे विजयी



खाँदबारी । खाँदबारी नगरपालिका वडा नम्बर ३ को अध्यक्ष पदमा नेकपाका भरत कुमार घिमिरे निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका बिक्रम गुरूङलाई पराजित जर्दै उनी निर्वाचित बनेका हुन् ।

घिमिरे प्रतिद्वन्दी भन्दा ३ सय २९ मत अन्तरले विजयी बनेका हुन् । निर्वाचित घिमिरेले ७६९ मत ल्याएका छन भने उनका प्रतिद्वन्दि नेपाली कांग्रेसका उमेद्वार गुरूङले ४७६ मत ल्याएका छन् । ८ मत बदर भएको छ ।

खाँदबारी ३ को वडाअध्यक्षको लागि दुई दलले मात्र उमेद्वारी दिएका थिए । वडाअध्यक्ष तोयानाथ ढुंगानाको निधनपछि रिक्त रहेको वडाअध्यक्षको पदमा निर्वाचन भएको हो ।

सम्बन्धित समाचार