मकालुको मत गणना ८ बजेबाट हुने, कुन केन्द्रमा कत्ति मत खस्यो ? (बिवरण सहित)




खाँदबारी । बढी चासोका साथ हेरिएको मकालु गाउँपालिकाको अध्यक्ष पदको मत गणना आईतबार विहान ८ बजेबाट सुरु हने भएको छ । सवै मतदान केन्द्रबाट मत पेटिका नुम आईसकेको र सर्वदलिय बैठक पश्चात मत गणना सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।

मकालु गाउँपालिकाको १० वटा मतदान केन्द्रबाट ५ हजार ७ सय ७४ मत खसेको छ । मकालुमा गाउँपालिका अध्यक्षको लागि ७ वटा दलहरु चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । जसमा नेकपाको तर्फबाट तेजबहादुर पोखरेल, नेपाली कांग्रेसबाट विमन पराजुली, समाजवादी पार्टी नेपालबाट नुर्वु शेर्पा चुनावी प्रतिष्पर्धामा उत्रिएका हुन् ।

त्यस्तै, अन्य साना दलहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को तर्फबाट मानबहादुर विश्वकर्मा, राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट रमेश राई चुनावमा चुनावी मैदानमा छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेघनाथ राई र संघिय लोकतान्त्रीक मञ्चको तर्फबाट कविता राईले उमेद्वारी दिएका छन् । मकालुमा सात दलको उमेद्वारी परेपनि नेकपा र नेपाली कांग्रेस मध्ये एकको विजय हुने देखिएको छ ।

मकालुको १० स्थानबाट खसेको मतको बिवरणः

ठागे केन्द्रः ३९९
सेदुवाः १,१२८
पाथिभराः १,३१७
कारमाराङः २९५
निभारेः १५८
बैदेः २३५
मांसिमाः ४४४
सोलाखानीः ९५
नुमः १,२१५
याफुः ४८८

सम्बन्धित समाचार