नवनिर्वाचित वडाअध्यक्ष भरत घिमिरेद्वारा सपथ ग्रहण




खाँदबारी । खाँदबारी नगरपालिका वडा नम्बर ३ का नवनिर्वाचित अध्यक्ष भरत कुमार घिमिरेले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । उहाँले मुख्य निर्वाचन अधिकृतको कार्यालय खाँदबारीमा सपथ ग्रहण गर्नुभएको हो ।

उहाँलाई मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले सपथ ग्रहण गराउनुभएको हो । सपथ ग्रहण कार्यक्रममा संखुवासभा प्रदेश सभा ख का सांसद तुलसी न्यौपाने, जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिकाका मेयर मुरारी खतिवडा लगायतको उपस्थिती रहेको थियो । घिमिरेले सपथ ग्रहण गर्नुभएसँगै कार्यभारको जिम्मेवारी लिनुभएको छ ।

सम्बन्धित समाचार