गाउँलाई धुवाँ मुक्त बनाउन बुङमा चुलो निर्माण तालिम सम्पन्न




महाकुलुङ । गाउँलाई धुवामुक्त क्षेत्र बनाउन उद्देश्यका साथ महाकुलुङ गाउपालिकाको साबिक बुङमा दोस्रो चरणको सुधारिएको चुलो निर्माण गर्ने तालिम सम्पन्न भएको छ । पहाडी विकास तथा संरक्षण समुह बुङ नेपालको आयोजना तथा जि फाउन्डेसन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा तालिम प्रदान गरिएको हो ।

दम खोकिको औषधी मुलो, घर घरमा सुधारिएको चुलो भन्ने नाराको साथ छ दिन अवधिको तालीम सोमबार सम्पन्न भएको हो । साबिकको छेस्काम, गुदेल र बुङ बाट जम्मा २७ जनाको सहभागिता रहेको थियो । उक्त तालिममा महिलाको संख्या बढी रहेको थियो ।

सुधारिएको चुलो साबिकको बुङको वडा नं ४, ३, २ र १ को आधा भाग गरि जम्मा २०७ घरमा नयाँ निर्माण गरिने पहाडी विकास तथा संरक्षण समूह बुङ नेपालको फिल्ड सुपरभाइजर प्रेम कुमार बस्नेतले बताएका छन । त्यस्तै, छेस्काममा ७० घरमा र गुदेलमा ११६ घरमा पुनर्निर्माण गरिने पनि बस्नेतले बताएका छन । सबै चुलो यहि चैत मसान्तसम्ममा सम्पन्न गरिसक्नुपर्ने छन ।

यो भन्दा अगाडी पनि पहिलो चरणको लागि तालिम प्रदान गरि सुधारिएको चुलो समेत निर्माण गरिसकेका छन । जसमा जम्मा ३४२ घरमा निर्माण भएका छन । चुलो निर्माणमा संस्थाको तर्फबाट ग्रेट, फायर गेट, रडको टुक्रा समुदायलाई उपलब्ध गरिनेछन भने चुलो मास्टरलाई इटा फर्मा दिनेछन ।

प्राविधिक तालीम ग्रामीण प्रविधि केन्द्र नेपालका सानुबाबु पण्डितले प्रशिक्षण दिनुभएको थियो ।

सम्बन्धित समाचार