पाँचखपनका वडाअध्यक्षहरुलाई अज्ञात समुहद्वारा धम्की



खाँदबारी । पाँचखपन नगरपालिका वडा नम्बर १ र २ का वडा अध्यक्षहरुलाई भोली ९विहिबार० बाट कार्यालय नखोल्न र राजिनामा दिन धिम्की आएका छ । आज विहान मोबायलबाट अज्ञात ब्यक्तिले फोन गरेर त्यस्तो धम्कि दिएका हुन् ।

कार्यालय खोले कार्यालयमा आगजनी गर्ने वडा नम्बर १ का अध्यक्ष टेकबहादुर बुढाथोकीलाई चेतावनी दिईएको छ । कार्यालय बन्द गरेर राजिनामा नदिए त्यसबाट उत्पन्न हुने क्षतिको जिम्मेवार आफै हुनु पर्ने चेतावनी दिईएको वडा नम्बर २ का अध्यक्ष उत्तम दाहालले जानकारी दिनुभयो । यस विषयमा जिल्ला प्रहरी कार्यालयलाई खबर दिईसकिएको समेत दाहालले जानकारी दिनुभयो ।

पाँचखपनको उक्त वडाहरुमा अघिल्लो बर्षपनि रातको समयमा तालाबन्दी गरिएको थियो । ताला लगाएसँगै ताला नखोल्न चेतावनी सहितको पर्चा छोडिएको थियो । उक्त ताला तीन दिन पछि सुरक्षाकर्मीले खोलेको थियो ।

सम्बन्धित समाचार