मादीमा यसरी जल्यो डोजर (भिडियो)




खाँदबारी । संखुवासभाको मादी नगरपालिका वडा नम्बर ५ को वडा कार्यालय र सडक निर्माणको क्रममा रहेको डोजरमा आगजनी भएको छ । गय राती अज्ञात ब्यक्तिले आगजनी गरेको हो ।

राती करिव १२ बजेको समयमा मादी भित्रीने सडक निर्माणको काम गरिरहेको डोजरमा पनि आगलागी भएको हो । सगरमाथा कन्स्ट्रक्सन कम्पनीको क्याट डोजरमा आगो लगाईएको हो । उक्त डोजर बज्रगुरु कन्स्ट्रक्सनले भाडामा ल्याएर चलाउँदै आएका थिए ।

उक्त आगलागीको भिडियो यहाँ प्रस्तुत गरिएको छ । भिडियो साभार धुर्ब खड्काको फेसबुकबाट ।

सम्बन्धित समाचार