प्रदेश १ मा आज सार्वजनिक बिदा




खाँदबारी । प्रदेश सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिइएको छ । प्रदेश १ सरकारले उधौँली पर्व, ज्यापू दिवस, यामरि पुन्ही र धन्य पूर्णिमाको अवसरमा प्रदेशभरका १४ जिल्लामा सार्वजनिक बिदा दिइएको हो ।

प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरी बिदा दिने उल्लेख गरिसकेको छ । बिहीबार प्रदेश मातहत रहेका सम्पूर्ण स्थानीय तह, शिक्षण संस्था र निकायहरूमा बिदा रहनेछ । संघीय सरकारअन्तर्गत रहेका अन्य कार्यालय खुल्ला रहने जनाइएको छ । झापा, मोरङ, सुनसरीसहित पूर्वी पहाडी जिल्लामा जिल्लामा चासोक तङ्नाम धुमधामका साथ मनाउने चलन छ ।

धान्य पूर्णिमाका दिन लिम्बूसहित किराँत समुदायमा पर्ने राईले साकेला, याखाले चासुवा र सुनुवारले फोलस्यादको रूपमा यस पर्वलाई मनाउँदै आएका छन् ।

सम्बन्धित समाचार