भोजपुरको वडा कार्यालयमा चोरी




भोजपुर । भोजपुर नगरपालिका –४ शिद्धेश्वरको वडा कार्यालयमा चोरी भएको छ। शनिबार राती ढोकामा लगाएको तालाफुटाएर तीन थान सीसी क्यामेरा, १८ दशमलब ५ इन्चको एक थान मनिटर चोरी भएको प्रहरीले जनाएको छ ।

त्यस्तै कार्यालयको टेबल तथा अन्य सामग्री तोडफोड भएको प्रहरीको भनाइ छ । घटनाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार