चाक्चाकुरको अवसरमा प्रदर्शन हुँदै ‘चारिछा’




खाँदबारी । चलचित्रकर्मी छविसित कुलुङको लेखन तथा निर्देशनमा निर्माण गरिएको कुलुङ भाषाको लघु चलचित्र ‘चारिछा’ चाक्चाकुरको अवसरमा प्रदर्शन हुने भएको छ । कुलुङ जातीहरुको प्रमुख पर्व चाक्चाकुरको अवसरमा कुलुङ बाहुल्य क्षेत्रहरुमा प्रदर्शन गरिने भएको हो ।

चाक्चाकुरको अवसरमा काठ्माण्डौ, सोलुखुम्बुको महाकुलुङ, सुनसरीको देवीगाउँ, संखुवासभाको खाँदबारी र बालामा प्रदर्शन गर्न लागिएको हो । प्रदर्शनको समय र मिति भने फरक पारिएको छ । काठ्माण्डौमा एसआर पार्टी प्यालेसमा प्रदर्शन गर्न लागिएको हो । महाकुलुङको छेस्काम्मा चाक्चाकुर मेलामा प्रदर्शन गर्न लागिएको हो भने सुनसरीमा पनि चाक्चाकुर कार्यक्रमको अवसरमा प्रदर्शन गर्न लागिएको छ । संखुवासभाको खाँदबारीमा बुङ्खा कुलु रिदुम परिवारले आयोजना गर्ने चाक्चाकुर विशेष कार्यक्रमको अवसरमा प्रदर्शन गर्न लागिएको हो भने बालामा पुर्खासम्मेलनको अवसर पारेर प्रर्दशन गर्न लागिएको हो ।

काठ्माण्डौको लागि टिकटदर तोकिएको छ भने मोफसलको लागि स्वईच्छाले टिकट शुल्क बुझाउनु पर्ने प्रदर्शन टिमले जनाएको छ । चलचित्र निर्माणको क्रममा भएको खर्च फिर्ता गर्नको लागि दर्शकहरुबाट टिकटबापत सहयोग प्राप्त हुने अपेक्षा लिईएको निर्देशक छविसित कुलुङको भनाई छ ।

विकास कुलुङको निर्माता रहेको उक्त चलचित्रमा विकास कुलुङ, सवित कुलुङ, रमा कुलुङ, मनबहादुर कुलुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । करिव ३० मिनेटको उक्त लघु चलचित्र पुरुष नभएको घरमा बसेका महिलाहरुले भोग्नु परेको समस्याहरुको उजागर गरिएको छ । महाकुलुङमा छायाँङ्कन गरिएको उक्त चलचित्र कुलुङ जाती र कुलुङ भाषीहरुले मन पराउने निर्माण पक्षको दावी छ ।

सम्बन्धित समाचार