राबा बैंक खाँदबारीमा भेटिएको पैसा सम्बन्धीतलाई दिईयो




खाँदबारी । सदरमुकाम खाँदबारीमा रहेको राष्टिय वाणिज्य बैकमा केही दिन अघि भेटिएको १५ हजार फिर्ता गरिएको छ । बैंक कार्यालय भित्र भुईमा भेटिएको रकमको धनीलाई खोजी गरेर बुधबार हस्तान्तरण गराईएको हो ।

भुईमा भेटिएको रकम कस्को भनेर खोज्ने क्रममा खाँदबारी ७ की ७५ बर्षिय रत्नकुमारी राईको प्रमाणित भएपछि उक्त रकम राईलाई दिईएको शाखा प्रबन्धक अनिष रायमाझीले जानकारी दिनुभयो । बेवारीसे अवस्थामा रकम भेटिएपछि सिसि क्यामराबाट पनि रकमको धनी नपाएपछि बैंक खाताको कारोबारको आधारमा पत्ता लागेको प्रबन्धक रायमाझीले जानकारी दिनुभयो ।

राईले रकम बैंकबाट झिकेर झोलामा राख्ने क्रममा भुईमा खसेको बताएका छन् ।

सम्बन्धित समाचार