महाकुलुङ गाउँपालिकाले चाक्चाकुरमा तीन दिन बिदा दिने



सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले कुलुङ जातीको चाक्चाकुर पर्वको अवसरमा सार्वजनिक विदा दिने भएको छ । गाउँपालिकाले सुचना जारी गर्दै पुष १५, १६ र १७ गते सार्वजनिक विदा दिने जानकारी गराएको हो ।

पुष १० गते बसेको कार्यापालिकाको बैठकले उक्त दिन स्थानीय विदा दिने निर्णय गरेको हो । उक्त दिन गाउँपालिका भित्रको सम्पुर्ण सरकारी कार्यालय र शिक्षणसंस्थाहरु बन्द रहने सुचनामा उल्लेख गरिएको छ ।

कुलुङ समुदायले चाक्चाकुर पर्व हरेक पौष महिनाको १५, १६ र १७ गते तीन दिन मनाउने गर्छन । यो पर्वको अवसरमा कुलुङ जातीको बाहुल्य क्षेत्रहरुमा सार्वजनिक विदा दिदै आएको छ ।

सम्बन्धित समाचार