कुलुङ जातीको चाक्चाकुर पर्व सुरु, देश विदेशमा उल्लासका साथ मनाईदै




संखुवासभा । कुलुङ जातीको प्रमुख पर्व मिनारी दाचाम् चासुम्, निङ्दोङ चाक्चाकुर पर्व आजबाट सुरु भएको छ । तीनदिनसम्म मनाईने यो चार्ड कुलुङ जातीको बाहुल्य भएको देश विदेशमा धुमधामका साथ मनाउन सुरु गरिएको छ ।

कुलुङ समुदायले अन्न भित्र्याईसकेपछि अन्नको सह होस, अनिकाल नलागोस भनेर प्रकृति र पितृलाई सम्झदै यो चार्ड मनाउने गर्छन् । पुष १५ गते पहिलो दिन विभिन्न शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेर रमाईलो गरिन्छ भने दोश्रो दिन पितृ र प्रकृतिलाई पुज्ने गर्दछन् । तेश्रो दिन पुष १६ गते ठुलाबढाबाट टिका तथा आर्षिवाद लिने गरिन्छ ।

चाक्चाकुरको अवसरमा कुलुङ बाहुल्य स्थानीय तहहरुले सार्वजनिक विदा दिएका छन् । कुलुङ जातीको उद्गम थलो महाकुलुङ गाउँपालिकामा तीन दिन सार्वजनिक विदा दिईएको छ भने संखुवासभाको सिलिचोङ गाउँपालिकाले दुई दिन विदा दिएको छ ।

सम्बन्धित समाचार