पर्यटन बर्ष २०२० को झण्डा सगरमाथा पुराउने जेनजेनलाई पर्यटन मन्त्रीद्वारा सम्मान




काठ्माण्डौ । पहिलो पटक नेपाल भ्रमण वर्ष अंकित लोगोसहितको व्यानर सगरमाथामा पुर्‍याउने कीर्तिमानी आरोही जेनजेन लामालाई पर्यटन मन्त्री योगेस भट्टराईले सम्मान गरेका छन् । संखुवासभा घर भएको लामालाई काठ्माण्डौमा एक कार्यक्रमका विच सम्मान गरिएको हो ।

लामालाई सम्मान गर्दै उनले नेपालमा पर्यटक भित्र्याउन कीर्तिमानी आरोहीको भूमिका महत्वपूर्ण हुने बताएका हुन् । नेपाल भ्रमण वर्षको अवसरमा विश्वभरका हिमाल आरोहीको सम्मेलन नेपालमा गर्ने भन्दै नेपालका कीर्तिमानी आरोहीहरुलाई राज्यले पर्यटन दूत बनाउने पनि बताए ।

कीर्तिमानी आरोही लामाले भने नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्धेश्यले भ्रमण वर्ष अंकित लोगो सगरमाथाको चुचुरोमा पुर्‍याएको बताए ।

सरकारलाई भ्रमण वर्ष अंकित लोगो हस्तान्तरण गरिसकेको भन्दै चाडै राज्यबाट आधिकारिक रुपमा कीर्तिमानको प्रमाणपत्र पाउने लामाले बताए ।

सम्बन्धित समाचार