भोजपुरमा हतियार सहित विप्लव समुहका कार्यकर्ता पक्राउ




भोजपुर । भोजपुर प्रहरीले हतियार सहित विप्लव समुहका जनमुक्ति सेनालाई पक्राउ गरेको छ । प्रहरीले हतुवागढी गाउँपालिका–९ हसनपुरको भसुवाबाट ४ राउण्ड गोली सहित दैलेख दुल्लु नगरपालिका–२ का २७ वर्षीय वीरेन्द्र बहादुर थापालाई बुधबार राती पक्राउ गरेको हो ।

उनको साथबाट गोली सहित २ थान डायरी र पार्टीका दस्तावेज पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख नर बहादुर सलामी मगरले जानकारी दिनु भयो । पक्राउ परेका थामा माथी थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । ईलाका प्रहरी कार्यालय घोरेटारबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा थापालाई उक्त पेस्तोल सहित फेला पारी नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार