अधिबक्ता भविश्वर गुरुङ पितृशोकमा




खाँदबारी । अधिबक्ता तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संखुवासभाका सचिवालय सदस्य भविश्वर गुरुङ पितृशोकमा पर्नुभएको छ । आज विहान उहाँको बुवा अगमबहादुर गुरुङको काठ्माण्डौ स्थीत निजी निवासमा निधन भएको हो ।

वि.सं. १९९४ सालमा जन्मनुभएको गुरुङ ८४ बर्षको उमेरमा मृत्युभएको हो । हवल्दार बाजे भनेर चिनिने गुरुङ ब्रिटस सेनाका रिटायर्ड हवल्दार हुन् । उनले गुरुङ समुदायको संस्थागत विकासमा महत्वपुर्ण योगदान दिएका थिए भने शैक्षिक क्षेत्रमा पनि उनको ठुलो योगदान रहेको छ ।

गुरुङको आजै साँझ पशुपति आर्याघाटमा अन्त्यष्टि गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

सम्बन्धित समाचार