बरुण बहुमुखी क्याम्पसले मनायो ३४ औं बार्षिक उत्सव




खाँदबारी । खाँदबारीमा रहेको बरुण बहुमुखी क्याम्पसले ३४ औं बार्षिक उत्सव मनाएको छ । प्रतिनिधी सभा सदस्य तथा संघिय सांसद राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा क्याम्पसले बार्षिक उत्सव मनाएको हो ।

क्याम्पस ब्यवस्थापन समिति अध्यक्ष मुरारी प्रसाद खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका राजनितिक दलका प्रतिनिधीहरु, स्थानीय तहका प्रमुख तथा प्रतिनिधी, अभिभावक र विद्यार्थीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । बार्षिक उत्सव कार्यक्रममा क्याम्पस प्रमुख टिकाराम गुरुङले बार्षिक प्रगति र आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन प्रस्तुत गर्नुहुँदै क्यम्पस प्रमुख गुरुङले गत आर्थिक बर्षमा नियमित कार्यक्रम तर्फ १ करोड ८९ लाख रुपैयाँको कारोबार भएको जानकारी दिनुभयो ।

आर्थिक बर्ष २०७६,७७ मा भने कारोबार बढेर २ करोड २३ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको प्रतिवेदन मार्फत जानकारी दिनुभयो । त्यस बाहेक विश्व विद्यालय अनुदान आयोगसँगको सहकार्यमा विकास निर्माणको लागि ६५ लाख ७० हजार रुपैयाँको योजना कार्यक्रम सञ्चालन गर्न लागिएको क्याम्पस प्रमुख गुरुङले जानकारी दिनुभयो । हाल बरुण बुहुमुखी क्याम्पसमा कक्षा ११ देखि स्नातकोत्तरसम्म ९ सय २१ जना विद्यार्थीहरु अध्ययनरत रहेको बताईएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रतिनिधी सभाका सदस्य राजेन्द्र गौतमले सङ्खुवासभामा बरुण क्याम्पसले शिक्षाको क्षेत्रमा पुराएको योगदानको चर्चा गर्नुभयो । बरुण क्याम्पसबाट शिक्षा लिएका थुप्रै ब्यक्तिहरु उदाहरणीय बनेको बताउनुहुँदै आगामी दिनमा पनि शैक्षिक क्षेत्रमा प्रगतीको शुभकामना दिनुभयो । क्याम्पसको विकासको लागि आफु जुनसुकै खालको सहयोग गर्न पनि तयार रहेको समेत सांसद गौतमले प्रतिबद्धता जनाउनुभयो ।

सम्बन्धित समाचार