याम्फु भाषाको चलचित्र ‘सेनुङ-फु’को गीत सार्वजनिक (भिडियो सहित)




संखुवासभा । याम्फु भाषाको चलचित्र ‘सेनङ-फु’को ‘कहिले काही’ बोलको गीत युटुबबाट सार्वजनिक गरिएको छ । मेलिना राई र राजेश पायल राईको आवाजमा रहेको उक्त चलचित्रको गीत शुक्रबार हाईलाईटस नेपालको च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रेम पुर्णिमाको शब्द र सोम याम्फुको संगीत रहेको उक्त गीतमा रञ्जित गेशा र रुविना लामाको अभिनय रहेको छ । किरात यामफु समाजले पहिलो पटक निर्माण गरेको उक्त चलचित्र हाल याम्फु समुदायको बाहुल्य भएको जिल्लाहरुमा प्रदर्शन (च्यारिटी शो) भईरहेको छ । मुख्य गरि संखुवासभा, झापा, ईलाम, सुनसरी लगायतका जिल्लाको विभिन्न हलहरुमा यो चलचित्र प्रदर्शन भईसकेको निर्माण पक्षले जनाएको छ ।

यो चलचित्रलाई कोशी भिजन फिल्मस् प्रालिको ब्यानरबाट बजारमा ल्याईएको छ । बिनोद याम्फुले निर्देशन गरेको यस चलचित्रमा बिनोद याम्फु, मेनुका याम्फु, रञ्जित गेशा, कञ्चन याम्फु रुबिना लामा, लगायतले अभिनय गरेका छन् ।

सम्बन्धित समाचार