सभापोखरी गाउँपालिका–१ धुपुमा स्वास्थ्य चौकी भवन शिलान्यास




खाँदबारी । संखुवासभाको सभापोखरी गाउापालिका–१ धुपुमा स्वास्थ्य चौकी भवन शिलान्यास भएको छ । आइतबार एक कार्यक्रममा बिच स्वास्थ्य चौकी धुपुको भवन शिलान्यास संघीय सांसद राजेन्द्र गौतमल गरेका छन्।

स्वास्थ्य चौकीको भवन शिलान्यास गर्दे सांसद गौतमले समय अवधि भित्रै बन्नेमा आशावादी भएको बताए । अव सभापोखरीका हरेक वडाका नागरिकले स्वास्थ्य सेवा लिन सदरमुकाम खाँदबारी जानु पर्न बाध्यता हेट्ने बताए । सांसद गौतमले भने सभापोखरीका हरेक वडामा सुविधा सम्पन्न स्वास्थ्य संस्था आफ्नो कार्यकाल भित्र पुरा गर्न बताए । सांसद गौतमले आइबार नै जनज्योति मावि धुपुमा बोल्दै भने चुनावी घोषणमा उल्लेख भएका अधिकांश योजना पुरा गरेको बताए। सांसद गौतमले धुपुको बिहृत खानेपानी आयोजनाका लागि चाँडै बजेट ब्यवस्था गर्न बताए। खानेपानीको समस्या भएको वडा नम्बरको डाडाँ गाउँ,लेब्राङ लगायतका स्थानमा चाँडै खानेपानी पु¥याइने बताए।

स्वास्थ्य चौकी भवन निर्माण गर्न स्थानिय विकास विकास पूर्वाधार साझेदारी कार्यक्रम बाट ५० लाख विनियोजन गरिएको छ । शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समितीकी उपप्रमुख अम्बिका खवास,सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्वा,उपाध्यक्ष सिता दाहाल,राजनैतिक दलका प्रतिनिधि,वडा अध्यक्ष र स्थानियको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार