पाँचखपन २ स्याबुनको विद्यालय भवन उद्घाटन




स्याबुन । शिव माध्यमिक विद्यालय पाँचखपन २ स्याबुनको भवन आज उद्घाटन गरिएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जानकी पोखरेलको अध्यक्षता तथा पाँचखपन नगरपालिकाका प्रमुख बिपिन राईको प्रमुख आतिथ्यतामा भवनको उद्घाटन गरिएको हो ।

कार्यक्रममा पाँच खपन नगरपालिकाका उपप्रमुख भिमादेवी राई, जिल्ला आयोजना कार्यन्वयन ईकाईका प्रमुख गोपालमान भण्डारी, ईञ्जिनियर योगेन्द्र प्रसाद यादव, पाँच खपन नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत गायत्रा श्रेष्ठ, वडा नम्बर २ का अध्यक्ष उत्तम दाहाल लगायतका जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

जिल्ला आयोजना कार्यन्वयन ईकाई संखुवासभाबाट प्राप्त भएको उक्त भवन ६७ लाख ८९ हजार दुई सय ५६ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको हो । स्थानीय युवराज श्रेष्ठको अध्यक्षतामा बनेको निर्माण तथा उपभोक्ता समितिलेले विद्यालयलाई हस्तान्तरण गरेपछि आज उक्त भवन औपचारिक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको हो । दुई तलाको ४ कोठे उक्त भवन सम्पन्न भएसँगै अव शिव माध्यमिक विद्यलयमा भवनको संख्या ९ पुगेको छ ।

भवनको उद्घाटनसँगै पठन पाठनमा सहजता मिलेको विद्यालयका निमित्त प्रधानाध्यापक मिनकुमार आलेले बताउनुभयो ।

सम्बन्धित समाचार