गृह सचिव प्रेमकुमार राईको राजीनामा स्वीकृत



काठमाडौँ । आगामी साता अनिवार्य अवकाश पाउन लागेका गृह सचिव प्रेमकुमार राईले पदबाट दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ ।

माघ २२ गतेदेखि अनिवार्य अवकाश पाउन लागेका राईले माघ २० गतेदेखि लागू हुने गरी मुख्यसचिव लोक दर्शन रेग्मी समक्ष दिएको राजीनामा १३ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।

गृह मन्त्रालयमा लामो समय काम गरेका राई निर्विवाद सचिवको रूपमा बाहिरिएका छन् । प्रशासनदेखि शान्ति सुरक्षासम्म चुस्त दुरुस्त राख्न सकेकै कारण विशिष्ट छवि बनाएका गृह सचिव प्रेमकुमार राई प्रधानमन्त्रीको विश्वासपात्र भएर काम गरेका थिए ।

राइको राजीनामासँगै गृह मन्त्रालयको सचिव बन्नका लागि दौडधुप सुरु भएको छ । महत्त्व र सुविधाको हिसाबले निजामती सेवामा आकर्षक पदको रूपमा लिइने गृह सचिवका लागि सम्भावित उम्मेदवारको आकलन गर्न लागिएको छ ।

सम्बन्धित समाचार