पाँचखपन १ः वडाध्यक्षको व्यक्तिगत खर्चमा घोर्ले झरना सडक मर्मत



पाँचखपन । संखुवासभाको पाँचखपन नगरपालिका १ का वडाध्यक्षले व्यक्तिगत लगानीमा सडक मर्मत तथा सरसफाई गरेका छन् । वडा नं १ स्थित वाना–बाह्रबिसे सडकको हाडि खर्कबाट घोर्ले झरना पुग्ने सडक डोजर प्रयोग गरेर मर्मत गरेका हुन् ।

वडाध्यक्ष टेक बहादुर बुढाथोकीले हाँडिखर्क–घोर्ले झरना सडकको डाँडा गाउँ–घोर्ले झरना सडकखण्ड मर्मत गरेका हुन् । उनले व्यक्तिगत ५१ हजार ७ सय रुपैंया खर्चमा सडक मर्मत गरेका हुन् । हिउँदको समयमा घोर्ले झरना भ्रमण गर्न आउने पर्यटकलाई यातायात सवारीमा समस्या भएकोले सडक मर्मत गरिएको उनले बताए । झरनाको नाममा संरक्षण संस्थाहरु भएपनि झरनासम्म पुग्ने सडक मर्मतमा चासो नदेखाएको उनले गुनासो गरे ।

नेपाल भ्रमण वर्षका लागि पाँचखपन नगरपालिका अन्तर्गत पर्यटकहरुको मुख्य गन्तव्य बनेको घोर्ले झरनासम्म पुग्न अब सहज भएको बुढाथोकीले बताए । सरकारबाट उपलब्ध भएको सेवा, भत्ता विकास निर्माणमा खर्च गर्दै आएका उनले यसअघि पनि वडा भित्रका विभिन्न सडकका ट्रयाक ओपन र स्तरोन्नति गरिसकेका छन् ।

सम्बन्धित समाचार