नेवि संघको केन्द्रिय अध्यक्षमा ढुङ्गाना, सदस्यमा संखुवासभाका २ जनाको सम्भावना बलियो



खाँदबारी । भर्खरै मात्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति गठन गरेको छ ।

नेवि संघको केन्द्रिय अध्यक्ष पदमा सुनसरीका राजिव ढुंगानालाई मनोनीत गरेका हुन् । कार्यसमितिको उपसभापतिमा तुलसा पन्त (झापा), उपसभापति मुक्तिराज पौडेल (रुपन्देही), महामन्त्री दिपक भट्टराई (तनहुँ), महामन्त्री उर्मिला थपलिया (धादिङ्ग), महामन्त्री प्रभातकुमार दाहाल (मकवानपुर), महामन्त्री बलदेव तिमल्सीना (सिन्धुपाल्चोक), महामन्त्री युवराज पाण्डे (स्याङ्जा), महामन्त्री मनोज वैध्य(काठमाडौं), महामन्त्री महेश्वरी कुँवर(पाल्पा) रहेका छन् ।

त्यसैगरि कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशिघ्र गरिने नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । केन्द्रीय सदस्यमा भने संखुवासभाका २ जना विद्यार्थी नेताहरुको बलियो सम्भावना रहेको स्रोतले जनाएको छ । नेपाल विद्यार्थी संघ संखुवासभाका सभापतिको जिम्मेवारी सम्हाली रहेका चक्र गुरुङ र विद्यार्थी नेता अनुज चापागाईको प्रवल सम्भावना रहेको पार्टी स्रोतले जनाएको छ ।

लामो समयको प्रतिक्षापछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ फाल्गुण १ गतेको बैठकको निर्णय अनुसार सभापति देउवाले नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति निर्माण गरेका हुन् ।

सम्बन्धित समाचार