सिलिचोङः गाउँपालिका कार्यालय परिषरबाट मोटरसाईकल चोरी



मोटरसाईकल चोर्दै गरेको सिसि टिभिमा देखिएको दृश्य ।

सिलिचोङ गाउँपालिकाको कार्यालय परिषरबाट मोटरसाईकल चोरि भएको छ । गाउँपालिका कार्यालयसँगै पार्किङ गरिराखेको को १८ प १७२९ नम्बरको मोटरसाईकल गयराती चोरी भएको हो ।

गाउँपालिककामा कार्यरत सुदिप राईको उक्त मोटरसाईकल राती ३ बजेर १० मिनेटमा चोरि भएको कार्यालयमा राखिएको सिसि क्यामराले देखाएको छ । राती दुई जनाले उक्त मोटरसाईकल ठेलेर लगेको भिडियो देखिएपनि चोरी गर्नेको पहिचान भने हुन सकेको छैन ।  उक्त घटना पश्चात ताम्कु प्रहरी चौकीले घटनाको अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार