संखुवासभामा पनि मनाए जनयुद्ध दिवस



नेकपाका नेता तथा कार्यकर्ताहरु सहिदहरुको सम्मानमा मौन धारणको क्रममा ।

संखुवासभा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी संखुवासभाको योजनामा २५ औं जनयुद्ध दिवसको अवसरमा जनआन्दोलन तथा जनयुद्धका सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै जनयुद्ध दिवस मनाएको छ । खाँदबारी नगरपालिकाको सभाहलमा सहिदलाई सम्झदै एक कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो । कार्यक्रममा जिल्ला स्तरिय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

नेकपका केन्द्रि सदस्य तथा जिल्ला सहइन्चार्ज राजेन्द्र कार्कीको प्रमुख आतिथ्यतामाा भएको कार्यक्रममा विभिन्न नेताहरुले सहितहरु प्रति श्रद्धाञ्जली व्यक्त गदै आफ्ना भनाईहरु राखेका थिए । जिल्ला अध्यक्ष हेमराज घिमिरेको अध्यक्षतामा भएकको कार्यक्रममा जिल्ला स्तरिय नेताहरु मानसिं पोख्रेल, सुमन शाक्य, भविश्वर गुरुङ, खड्ग बहादुर राई, टेकमान राई, हेमराज खड्का लगायतले आफ्ना भनाईहरु राखेका थिए । दश वर्षे जनयुद्धमा संखुवासभाका ७५ जना सहिद भएको नेकपा जिल्ला सचिव भरत जिमीले बताए । सहिदहरुले परिर्तनका लागि दिएको बलिदानिलाई कहिलै भुल्न नसक्ने उनिहरुले बताए ।

अझै पनि सहिदको सपना पुरा हुन नसकोको नेताहरुको भनाई छ । संघियताले मात्र देशमा परिर्वतन नल्याउने भएकाले सहिदको सपना साकार पार्न अझै लाग्नु पर्नेको बक्ताहरुको जोडछ । २०५२ फागुन १ गतेबाट तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीले मुलुकमा आमुल राजनीतिक परिवर्तनका लागि भूमिगत रुपमा सशस्त्र जनआन्दोलन चलाएको थियो । त्यसको उपलब्धि आज जनताद्वारा शासित धर्म निरिपेक्ष राष्ट्र बनेको छ ।

सम्बन्धित समाचार