विशेषज्ञ सेवा सहित चिचिलामा निशुल्क स्वास्थ्य शिविर हुँदै



शिविरबारे जानकारी गराउनुहुँदै गाउँपालिका अध्यक्ष शेर्पा ।

चिचिला । संखुवासभाको चिचिला गाउँपालिकामा विशेषज्ञ चिकित्सकहरुको टोलीले निशुल्क स्वास्थ्य उपचार सेवा दिने भएको छ । नोबेल अस्पतालको विशेष सहयोगमा चिचिला गाउँपालिकोको आयोजनामा १४ प्रकारको उपचार सेवा दिईने भएको हो ।

चिचिला गाउँपालिका परिसर चिचिला बजारमा फागुन १६ र १७ गते निशुल्क सेवा दिईने भएको हो । शिविरमा जेनेरल मेडिसिन तथा मुटु रोग, प्रसुति तथा स्त्री रोग, बाल रोग, शल्यक्रिया, मानसिक रोग तथा नसा रोग, हाड जोर्नि तथा नसा रोग, छाला तथा यौन रोग, नाक, कान, घाँटी, आँखा परीक्षण तथा उपचार, दन्त सेवा, न्यूरो सर्जरी, भिडियो एक्सरे, ईसिजी मुटु रोग र ल्याव सेवा प्रदान गरिने गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाले जानकारी दिनुभयो । उक्त सेवाहरुको लागि नोबेल अस्पताल बिराटनगरबाट २० जना चिकित्सकहरु सहितको टोली आउने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

शिविर १६ गतेको विहान ७ बजे देखि भोलिपल्ट वेलुका ५ वजे सम्म चल्ने प्रमुख प्रसासकिय अधिकृत प्रकाश मगरले जानकारी दिनुभयो । शिविरमा १ हजार बढी चिचिला गाउँपालिकाका सर्वसाधारणलाई सेवा दिईने लक्ष राखिएको छ । शिविरमा सेवा लिन आउने क्रममा सेवाग्राहिहरुको लागि गाउँपालिकाका विभिन्न ७ स्थानबाट निशुल्क बस र ट्याक्सी सेवा संचालन गरिने कार्यपालिका सदस्य राजेन्द्र घलेले जानकारी दिनुभयो । शिविरमा स्वास्थ्य परिक्षणपछि थप उपचारको लागि अन्यत्र जानु परेमा निशुल्क यातायातको समेत ब्यवस्था गरिएको घलेले बताउनुभयो । विशेषज्ञ चिकित्सकहरुबाट दिईने स्वास्थ्इ शिविरमा धेरैभन्दा धेरै फाईदा लिन गाउँबासिलाई गाउँपालिकाले आग्रह गरेको छ ।

सम्बन्धित समाचार