भोलीबाट चिचिलामा हुने बृहद स्वास्थ्य शिविरको तयारी पुरा



चिकित्सकहरुको टोलीलाई चिचिलामा स्वागतपछि शिविर सम्बन्धी छलफल गरिदै ।

खाँदबारी । भोली (शुक्रबार) बाट चिचिला गाउँपालिकामा सुरु हुने बृहद स्वास्थ्य शिविरको तयार पुरा भएको छ । दुई दिन राखिएको विशेषज्ञ सेवाहरु सहितको शिविरको तयारी पुरा भएको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य शिविरको लागि बिराटनगर स्थीत नोबेल अस्पतालको सम्पुर्ण चिकित्सक टोली चिचिला आईपुगेको चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाले जानकारी दिनुभयो । शिविरको लागि २५ जना स्वास्थ्यकर्मीहरुको टोली आईपुगेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । नोबेल अस्पतालको विशेष सहयोगमा चिचिला गाउँपालिकोको आयोजना गरेको शिविरमा १४ प्रकारको उपचार सेवा दिईने भएको छ । शिविरमा जेनेरल मेडिसिन तथा मुटु रोग, प्रसुति तथा स्त्री रोग, बाल रोग, शल्यक्रिया, मानसिक रोग तथा नसा रोग, हाड जोर्नि तथा नसा रोग, छाला तथा यौन रोग, नाक, कान, घाँटी, आँखा परीक्षण तथा उपचार, दन्त सेवा, न्यूरो सर्जरी, भिडियो एक्सरे, ईसिजी मुटु रोग र ल्याव सेवा प्रदान गरिने गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाले जानकारी दिनुभयो ।

शिविर भोली विहान ७ बजे देखि पर्सि वेलुका ५ वजे सम्म चल्ने प्रमुख प्रसासकिय अधिकृत प्रकाश मगरले जानकारी दिनुभयो । शिविरमा १ हजार बढी चिचिला गाउँपालिकाका सर्वसाधारणलाई सेवा दिईने लक्ष राखिएको छ । शिविरमा सेवा लिन आउने क्रममा सेवाग्राहिहरुको लागि गाउँपालिकाका विभिन्न ७ स्थानबाट निशुल्क बस र ट्याक्सी सेवा संचालन गरिने कार्यपालिका सदस्य राजेन्द्र घलेले जानकारी दिनुभयो । शिविरमा स्वास्थ्य परिक्षणपछि थप उपचारको लागि अन्यत्र जानु परेमा निशुल्क यातायातको समेत ब्यवस्था गरिएको घलेले बताउनुभयो । विशेषज्ञ चिकित्सकहरुबाट दिईने स्वास्थ्इ शिविरमा धेरैभन्दा धेरै फाईदा लिन गाउँबासिलाई गाउँपालिकाले आग्रह गरेको छ ।

सम्बन्धित समाचार