लायन्स क्लवद्वारा खाँदबारी अस्पताललाई उपकरण प्रदान



खाँदबारी । खाँदबारी अस्पताललाई लायन्स क्लव अफ काठ्माण्डौ अल्पाईनले अत्यावश्यक उपकरणहरु प्रदान गरेको छ । संस्थाले आज (सनिबार) एक कार्यक्रमको आयोजना गरि अस्पताललाई उक्त उपकरणहरु वितरण गरेको हो ।

अस्पतालमा बच्चा जन्मिएपछि संक्रमित तथा विरामी बच्चा राख्नको लागि आवश्यक पर्ने तापक्रम, अक्सिजन लगायतको सुविधा भएको उपकरण अस्पताललाई प्राप्त भएको हो । उक्त उपकरणलाई सञ्चालन गर्ने ब्याट्रि ब्याकप लगायतका सामग्रीहरु समेत निशुल्क उपलब्ध गराईएको लायन्स क्लव काठ्माण्डौका प्रतिनिधी मदन शेखर बेनर्जीले जानकारी दिनुभयो । प्रदान गरिएको उपकरणबाट विशेष गरि जण्डिस भएर जन्मेका बच्चालाई उपचार गर्न सहज हुने बेनर्जीको दावी छ । उक्त उपकरण लायन्स क्लव ईन्टरनेशनलको सहयोगमा अमेरिकामा संकलन गरिएको रकमबाट उपलब्ध गराईएको समेत लायन्स क्लवका प्रतिनिधीहरुले जानकारी दिएका छन् । उक्त उपकरणहरुको मुल्य करिव ३० लाख पर्ने बताईएको छ ।

निशुल्क रुपमा प्राप्त भएको उपकरण बुझिलिनुहुँदै अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले अस्पतालमा यसपछि सुविधा थप भएकोमा खुसी ब्यक्त गर्नुभयो । पछिल्लो समयमा धेरै जसो बच्चा जन्मदै विभिन्न रोगबाट संक्रमित पाईएको अवस्थामा यस उपकरणले उपचारमा थप सहजता मिल्ने अपेक्षा राख्नुभयो । यसबाट बाल मृत्युको सम्भावना घट्ने दावी गर्नुहुँदै सम्पुर्ण दाताहरुप्रति आभार समेत ब्यक्त गर्नुभयो । उक्त उपकरण तत्काल जडान गरेर प्रयोगमा ल्याउने समेत अध्यक्ष शाक्यले बताउनुभयो ।

सम्बन्धित समाचार