सिलिचोङमा भएको चोरीप्रति सिलिचोङ कांग्रेसको प्रेस विज्ञप्ती



ताम्कु । पछिल्लो समय सिलिचोङमा बढ्दै गएको चोरीको घटनाको विषयमा नेपाली कांग्रेस सिलिचोङ कार्य समितिले प्रेस विज्ञप्ती जारी गरेको छ । तत्काल घटनाको छानविन गर्न माग गर्दै सिलिचोङ कांग्रेसले आईतबार विज्ञप्ती निकालेको हो ।

हालै सिलिचोङ २ बालामा भएको बौद्ध स्तुपा तोडफोड गरि त्यस भित्र रहेको पुरातात्वीक बस्तु चोरिएपछि प्रेस विज्ञप्ती जारी गरिएको हो । पछिल्लो समय गाउँमा चोरीको घटना बढ्दै गएपनि प्रहरी अनुसन्धानबाट कुनै पनि उपलब्धी नभएको विज्ञप्तीमा भनिएको छ । यसरी चोरीको घटना बढ्दै जादाँ र दोषी पत्ता लाग्न नसकिदा स्थानीय नागरिकहरुमा त्रास फैलिएको विज्ञप्तीमा लेखिएको छ ।

सिलिचोङ पार्टी प्रबक्ता भुपेन्द्र कुलुङद्वारा हस्ताक्षरित विज्ञप्ती मार्फत जुनसुकै पार्टी, जाती, धर्म, बर्गको भएपनि अबिलम्ब खोजी गरि दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ । अनुसन्धानको क्रममा आवश्यक पर्ने सम्पुर्ण सहयोग नेपाली कांग्रेसले गर्ने समेत विज्ञप्तीमा भनिएको छ ।

 

सम्बन्धित समाचार