सेजनद्वारा बित्तिय साक्षरता सम्वन्धी अन्तरक्रिया कार्यक्रम




संखुवासभा । संखुवासभाको चिचिला गाउँपालीकाको चिचिला बजारमा आर्थिक पत्रकार समाज नेपालको आयोजनामा प्रदेश र स्थानीय सरकारमा बित्तिय साक्षरता सम्वन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

सेजनका अध्यक्ष भिम गौतमको सभापतित्व र चिचिला गाउँपालीकाका अध्यक्ष पासाङ्गनुर्वु शेर्पाको प्रमुख आतिथ्यतामा प्रभु बैंक संगको सहकार्यमा सेजनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा चिचिला गाउँपालीकाका जनप्रतिनिधी, स्थानीय र राजनितिक दलका प्रतिनिधी, समाजसेवी, कृषक, ब्यापारी बुद्धिजीवी, नागरिक समाज लगायत ६८ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला, सेजनका अध्यक्ष भिम गौतम, प्रभु बैंक खाँदबारीका शाखा प्रमुख सुमन बस्नेत र बरिष्ठ पत्रकार दिपेन्द्र बान्तवाले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सेजनका अध्यक्ष भिम गौतमले योजनाबद्ध आर्थिक ब्यवस्थापनले मात्र सामाजिक संबृद्धि हाँसिल गर्नसकिने भन्दै अनावश्यक खर्च गर्ने प्रबित्तिले समुदायलाई तिब्र गतिमा गरिवीतर्फ धकेलिरहेको बताएका थिए ।

नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले चिचिला क्षेत्रको भ्रमणका क्रममा नगदेबाली अलैंची र रमणीय हिमश्रृङ्खलाले यस क्षेत्रको आर्थिक संभावना उच्च रहेको भन्दै पर्यटकिय दृष्टीकोणलाई प्रमुख प्राथमिकता दिनसके यस क्षेत्रको आर्थिक स्थीतिमा उल्लेखनीय सुधार ल्याउन सकिने धारणा राखे उनले बित्तिय साक्षरता बिना आर्थिक संबृद्धि संभव नहुने बताए ।

कार्यक्रममा प्रमुख अतिथी चिचिला गाउँपालीकाका अध्यक्ष पाशाङ्गनुर्वु शेर्पाले दुर्गम क्षेत्र चिचिलाका जनप्रतिनिधी र स्थानीयको आर्थिक अवस्थाका बारेमा जानकारी गराउँदै पिछडीएको यस क्षेत्रमा बित्तिय साक्षरता कार्यक्रम संचालन गरेकोमा धन्यबाद प्रकट गरेका थिए । अहिले पनी चिचिला गाउँपालीका अलैंची र अन्य नगदेबाली उत्पादनको हिसावले जिल्लामै अब्बल रहेको तर बित्तिय शिक्षा र बैंङ्किङ्ग कारोबारमा स्थानीय बासिन्दाको सचेतना कम भएकाले बचत गर्ने बानीको बिकासका लागि अन्तरक्रिया कार्यक्रम उपलब्धीमुलक भएको धारणा राखेका थिए ।

सम्बन्धित समाचार