कोरोनाः सुनसान खाँदबारी




खाँदबारी । कोविद १९ को सन्त्रासपछि संखुवासभा जिल्लालाई लक डाउन गरिएसँगै ब्यस्त रहने खाँदबारी बजार सुनसान बनेको छ । बजार पसल बन्द गरिएसँगै सवारी सवारी साधनमा पनि रोक लगाउँदा सडक समेत सुनसान बनेको छ ।

लक डाउनपछि बजार पसल बन्द गर्नको लागि प्रहरीले माईकिङ गरेको थियो । प्रहरीको माईकिङ पछि जिल्लाका बजार पसलहरु बन्द गरिएको हो । विशेष आवश्यकताका सवारी साधनहरु बाहेक अन्य साधनहरु ठप्प पारिएको थियो । यसरी गरिएको लक डाउनको अवज्ञा गरेको भन्दै जिल्लाको विभिन्न स्थानमा प्रहरीले सवारी साधनहरु नियन्त्रणमा लिएका छन् । आज दिनभर नियन्त्रणमा लिएको सवारी संख्याका बिवरण आई नसकेको प्र्हरी प्रमुख मिमबहादुर लामाले बताउनुभयो । कोरोना बिरुद्धको लक डाउन आफ्नै लागि भएकोले यसमा सहयोग गर्न समेत डिएस्पी लामाले अनुरोध गर्नुभयो ।

सम्बन्धित समाचार