सिलिचोङः जोडियो बुधबारे ताम्कु




ताम्कु । सिलिचोङ गाउँपालिकाको ब्यापारिक केन्द्र बुधबारेबाट गाउँपालिकाको केन्द्र ताम्कु सडक सञ्जाल जोडिएको छ । चालु आर्थिक बर्षमा विनियोजित बजेटबाट सडकको ट्रयाक ओपन गरि सडक सञ्जाल जोडिएको हो ।

यस बर्ष विनियोजित २० लाख रुपैयाँ बजेटबाट १ हजार सात सय ८० मिटर ट्रयाक ओपन गरि संखुवासभा खोलामा काठे पुल लगाईएपछि गाउँपालिका केन्द्र र बुधबारे जोडिएको हो । स्थानीय मेघराज राईको अध्यक्षतामा गठन गरिएको उपभोक्ता समितिले २ सय ४९ घन मिटर पर्खाल समेत लगाईएका छन् ।

योसँगै अघिल्लो बर्ष ट्रयाक खुल्ला गरिएको ५ दशमलव ९ किलोमिटर सडक पनि सरफाई गरिएको छ । संखुवाखोलामा काठेपुल लगाएसँगै निर्वाध रुपमा सवारी साधनबाट आवतजावत गर्न सकिने गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले बताउनुभयो ।

सम्बन्धित समाचार