बुम्लिङको अरुण पुलमा नाका बन्द, आवतजावत ठप्प




ताम्कु । कोरोना भाईरसको सम्भावित संक्रमणबाट बच्न खाँदबारी नगरपालिकाको हेलुवाबेशी र भोजपुरको बुम्लिङ विच रहेको अरुण पुलमा नाका बन्द गरिएको छ । पाँच दिन अघिदे िउक्त पुलमा नाका बन्द गरिएसँगै आवतजावत पुर्ण रुपमा बन्द भएको छ ।

पुलमा ग्याविन तारको जाली लगाईएको छ । उक्त नाकामा सशस्त्र प्रहरी परिचालन गरिएको छ । २४ सै घण्टा सुरक्षाकर्मी तैनाथ गरिएको उक्त स्थानमा आवतजावत पुर्णरुपमा निशेधित गरिएको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिकाको सक्रियतामा नाका बन्द गरिएको हो ।

उक्त नाका भोजपुरको साल्पासिलिछो गाउँपालिका लगायतका उत्तरी क्षेत्र र सङ्खुवासभाको सिलिचोङ गाउँपालिकाको प्रवेश द्वार हो । स्थानीयलाई पर्याप्त जानकारी नदिई नाका बन्द गरिदा उपभोग्य बस्तुहरुको जोहो गर्न नसकिएको स्थानीयको गुनासो छ । अरुण पुलमा नाका बन्द गरिएको बारेमा धेरैलाई थाहा नहुँदा विच बाटोमा अलपत्र पर्ने गरेको सिलिचोङ गाउँपालिकाका हस्तबहादुर राईको भनाई छ ।

सम्बन्धित समाचार