कोरोनाको कहर, चिनियाँ पर्यटक र स्थगित भ्रमण वर्ष




गत जनवरी मध्य–अन्त्यदेखि विश्व नै ‘नोबेल कोरोना भाइरसभ (कोभिड–१९)’ नामक संक्रमक रोगका कारण त्राहीमाम–त्राहीमाम ! भएको छ । सो रोग सुरुमा लगभग २९ देशमा पैmलिएको थियो भने, लगभग २८ सय जनाको ज्यान लिएको थियो । तर, पछिल्लोपटक आएको ताजा तथ्यांकअनुसार ‘नोबेल कोरोना भाइरस (कोभिड–१९)’ १ सय ६२ भन्दा बढी देशमा पैmलिई सकेको छ भने, विश्वभर लगभग ७ हजार १ सय भन्दा बढीको ज्यान गई सकेको छ । ‘नोबेल कोरोना भाइरसभ (कोभिड–१९)’ नामक संक्रमक रोगका कारण बढी मृत्य हुने पाँच देशमा चीन ३ हजार ३ सय ३८, इटली २ हजार ५ सय ३, इरान ९ सय ८८ सय, स्पेन ४सय ९१ र फ्रान्स १ सय ४८ जना रहेको छ ।

यी पाँच देशमा मात्रै ‘नोबेल कोरोना भाइरसभ (कोभिड–१९)’ नामक संक्रमक रोगका कारण ९० प्रतिशतभन्दा बढीको मृत्य भएको छ । उता १ लाख ८२ हजारभन्दा बढी नागरिकहरुमा यो रोगको संक्रमण देखिएको छ । ‘नोबेल कोरोना भाईरस (कोभिड–१९)’ नामक यो संक्रामक रोग सन् २०१९ डिसेम्बर २६ मा चीनको मध्य–दक्षिण–पूर्वी भागमा पर्ने हुवेई प्रान्तको बुहान सहर (जुन चीनकै छैठौं ठूलो सहर पनि हो) बाट पैmलन सुरु भएको थियो । सो रोगका कारण विश्व पर्यटन बजारमा ठ्ूलै असर पुगेको छ । र, यो संक्रामक रोग अरु केही महिना भित्र नियन्त्रणमा नआएमा विश्व पर्यटन बजार मात्रै नभएर समग्र विश्व अर्थतन्त्रमै अझ ठूलो संकट ननिम्त्याउला भन्न सकिन्न ।

निनाम कुलुङ ‘मंगले’

जे होस्, सुरुमा चीनबाट पैmलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) कै कारण नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संंख्या गत वर्ष (सन् २०१९) को दोस्रो महिनाको तुलनामा यस वर्ष (सन् २०२०) को दोस्रो महिनामा धेरै नै कम रहेको देखिएको छ । जस्तो कि गत वर्षको फेबु्रअरी महिनामा १४ हजार १ सय ६१ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने यो वर्षको सोही महिनामा केवल ३ हजार २ सय ८५ जना चिनियाँ पर्यटकले मात्रै नेपाल भ्रमण गरेका छन् । यो भनेको झण्डै ४ चौथाईले कम हो । जबकि नेपाल सरकारले घोषणा गरेको नेपाल ‘भ्रमण वर्ष–२०२०’ को क्रममा विश्वव्यापी प्रचारप्रसार र गत वर्ष चीनका महामहिम राष्ट्रपति सी चिनफिङ ज्युको नेपाल भ्रमणको सकारात्मक सन्देशका कारण अपेक्षा गरेभन्दा धेरै नै चिनियाँ पर्यटकले नेपाल भ्रमण गर्लान् भन्ने आशा गरिएको थियो । तर, …

हुन त अभैm पनि नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारण पैmलिएको संक्रामक रोग पूर्णरुपमा अन्त्य हुने बित्तिकैै चीन सरकारले चिनियाँ नागरिकलाई नेपालको भ्रमणमा जाओ वा नेपाल भ्रमणलाई प्राथमिकता देऊ ! भनेमा सन् २०२० लाई भ्रमण वर्ष मनाई रहेको (हाल स्थगित) ले गर्दा निश्चय नै नेपालमा ५÷६ लाख चिनियाँ पर्यटक सजिलै आउने थिए/आउँछन्, त्यसमा कुनै शंका नगरे हुन्छ । तर, त्यसका लागि हामीसँग पूर्वाधारहरु जस्तै सडक यातायात, हवाई यातायात, होटल, लज आदि भने यथेस्ट रुपमा हुनु पर्यो । अर्को कुरो के पनि साँचो हो भने, सन् २०१३/०१४ देखि चिनियाँ नागरिकहरु विश्वकै पहिलो नम्बर (धेरै संख्यामा पर्यटक भएर विदेश घुम्ने र प्रति व्यक्ति दैनिक धेरै खर्च गर्ने) को रुपमा घुमी रहेका छन्, त्यही चिनियाँ पर्यटकहरु नेपाल भ्रमणमा आउँदा भने किन कम संख्यामा आउँछन् ? उनीहरुले नेपाल भ्रमण गर्दा किन कम खर्च गर्छन् ? यस विषयमा हामी नेपालीले बेलैमा सोच्ने हो कि ? त्यस्तै नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटक भनेका छोटो यात्रामा निक्लने र कम खर्च गर्ने खालका छन । हुन त चिनियाँ पर्यटकहरु एउटै भ्रमणमा ट्रेकिङ, र्याफ्टिङ, जंगल सफारी, बञ्जी जम्पिङ, प्याराग्लाइडिङ, साइक्लिङ, क्यानोइङ आदि पनि गर्ने भएकोले चिनियाँ पर्यटकबाट टुर अपरेटरहरुलाई आर्थिक रुपमा भने भारतीय पर्यटकहरु भन्दा चिनियाँ पर्यटकबाट फाइदै फाइदा देखिन्छ ।

ढीला भए तापनि नेपाल सरकारले घोषणा गरेको ‘भ्रमण वर्ष–२०२०’ को सम्पूर्ण कार्यक्रम स्थगित गरेर सन् २०२२ का लागि फेरि ‘नेपाल भ्रमण वर्ष–२०२२’ मनाउने तयारी वा भनौं निर्यणलाई सकारात्मक र बुद्धिमतापूर्ण निर्णयको रुपमा लिन सकिन्छ । अब हामीले समग्र नेपालको पर्यटनलाई गति दिनेतर्पm केकसो गर्न सकिन्छ ? ध्यान आकर्षित गर्नेतर्पm लाग्नुको विकल्प छैन ।

सम्बन्धित समाचार