खाँदबारी अस्पतालमा पनि सुरु भयो कोरोनाको र्‍यापिड टेस्ट




खाँदबारी । जिल्ला अस्पताल खाँदबारीमा पनि कोरोना भाईरसको ¥यापिड टेष्ट सुरु गरिएको छ । प्रदेश सरकारबाट टेष्ट गर्ने उपकरण आएपछि जिल्लामा ¥यापिड टेष्ट सुरु गरिएको हो ।

हालसम्म क्वारेन्टाईनमा बसेको एक जनाको टेष्ट गरिएको जिल्ला अस्पतालले जनाएको छ । हाल एक जना बाहेक क्वारेन्टाईनमा बस्ने सम्भावित ब्यक्ति नभएकोले थप टेष्ट नगरिएको स्वास्थ्य कार्यालय सङ्खुवासभाका प्रबक्ता रोषन श्रेष्ठले जानकारी दिनुभयो । चैनपुरको क्वारेन्टाईनमा राखिएको एक जनाको परिक्षण गरिएको र उक्त परिक्षण नेगेटिभ आएको प्रबक्ता श्रेष्ठले बताउनुभयो ।

यस अघि विदेशबाट आएर होम क्वारेन्टाईनमा बस्न लगाईएकोहरुको पनि परिक्षण गर्ने वा नगर्ने बारे तत्कालै बैठक बोलाएर निर्णय गरिने स्वास्थ्य कार्यालय सङ्खुवासभाका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिनुभयो । उनीहरुमा कारोना संक्रमणको सम्भावना न्युन भएकोले घरमै बस्न लगाईएको बताउनुभयो । होम क्वारेन्टाईनमा बसेकाहरुको पनि परिक्षण गरेर ढुक्क हुन आवश्यक रहेको स्वास्थ्य कार्यालय प्रमुख बाह्रकोटीको भनाई छ ।

कोराना भाईरसको ¥यापिड टेष्ट अन्तिम परिक्षण नभएको खाँदबारी अस्पतालका निमित्त मेडिकल सपरिटेन्डेन्ट डाक्टर सुन्दर श्याम झाले बताउनुभयो । टेष्ट किटले नेगेटिभ देखाए ढुक्क हुन सकिने तर पोजिटिभ आए पुनः ल्याबमा परिक्षण गरेपछि मात्र त्यसको सहि रिपोर्ट आउने डाक्टर झाले बताउनुभयो । ‘यो स्कृनिङ मात्र हो, पोजिटिभ देखाए सम्बन्धीत ल्याबबाट रिपोर्ट आएपछि मात्र भन्न सकिन्छ’, डाक्टर झाले भन्नुभयो । उहाँका अनुसार अधिकतम १५ मिनेट भित्र ¥यापिड टेष्ट किटले नतिजा दिईसक्छ ।

¥यापिड टेष्टको लागि प्रदेश सरकारले सङ्खुवासभालाई एक सय ६० थान किट पठाएको जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ ।

सम्बन्धित समाचार