महाकुलुङमा भालुको आक्रमणबाट एक घाईते



भालुको आक्रमणबाट खुट्टामा लागेको चोट ।

बुङ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्काममा भालुले आक्रमण गर्दा एक जना घाईते भएको छ । सनिबार दिउँसो घरबाट करिव २ घण्टाको जंगलमा घाँस काट्न गएका बर्ष ६७ का बिब्यराम कुलुङलाई भालुले आक्रमण गरि घाईते बनाएको हो ।

कुलुङको खुट्टा लगायत सरिरको विभिन्न भागमा चोट लागेको छ । सख्त घाईते भएका कुलुङको महाकुलुङ प्राथमिक अस्पतालमा उपचार भईरहेको छ । महाकुलुङ गाउँपालिका मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्र हो । बन्यजन्तुबाट घाईते भएकालाई मकालु बरुण राष्ट्रिय निकुञ्जले क्षतिपुर्तीको ब्यवस्था गरेको छ ।

छेस्कामको घटनामा पनि घाईतेको अवस्था हेरेर उपचार खर्च दिईने निकुञ्ज श्रोतले जनाएको छ । बन्यजन्तुको आक्रमणबाट सामान्य घाईते भएकालाई २० हजार रुपैयाँसम्म, सख्त घाईते भएकालाई २ लाख रुपैयासम्म र मृत्यु नै भए मृत्तक परिवारलाई दस लाख रुपैयाँ प्रदान गरिने ब्यवस्था छ ।

सम्बन्धित समाचार