विराटनगरमा कोरोना संक्रमितलाई रोवर्टले खाना पुर्‍याउने




विराटनगर । विराटनगरस्थित कोबिड १९ विशेष अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीलाई अब यन्त्रमानव ९रोर्बट० ले खानेकुरा पु¥याउने भएको छ । विराटनगर महानगरपालिकाले कोरोना विशेष अस्पतालका लागि तयार पारेको उक्त रोवर्टले अस्पताल परिसरमा हानिकारक जिवाणु मार्न औषधि छर्ने काम पनि गर्नेछ ।

मेयर भीम पराजुलीले अस्पतालमा कोरोना संक्रमितलाई राखिएकाले उनीहरुको संसर्गबाट अरुलाई कोरोना संक्रमण नहोस् भनेर रोबर्टको सहायता लिन लागिएको बताए । कोबिड १९ अस्पतालमा अहिले उदयपुरबाट ल्याइएको १३ जना कोरोना संक्रमितलाई राखिएको छ । विराटनगर महानगरपालिका संयोजनमा कारखाना नामक संस्थाले पाँच दिन लगाएर यो रोर्बटको विकास गरेको हो । पाँच जना युवाको समूहले ५० हजार रुपैयाँको लागतमा रोबर्ट तयार पारेको रोबर्ट तयार पार्ने कामको नेतृत्व गरेका शिरब आर्चायले बताए ।

रोवर्टलाई रिमोट कन्ट्रोलको सहायताले चलाउन सकिन्छ । रोबर्टलाई गुडाउन स्ट्रेचरको पांग्रा जडान गरिएको छ । रोबर्टले स्प्रे गर्ने समय आफैं जानकारी गराउँछ भने ऊ हिँड्ने बाटोमा कुनै अवरोध भए हट्न सूचित पनि गर्छ । रोबर्टमा १६ लिटर जिवाणुनाशक झोल औषधि राख्न सकिन्छ, यसले चारै दिशातिर गुडेर स्प्रे गर्न सक्छ ।

३.५ फिट उचाई र ४० किलोग्राम वजन भएको रोवर्ट सोमबारदेखि सञ्चालन गरिने अस्पतालले जनाएको छ । आइतबार महानगर कार्यालयमा रोबर्टको सहायताबाट कसरी काम गर्न सकिन्छ भनेर डेमो प्रदर्शन गरिएको थियो । महानगरले सोमबार प्रदेश सरकारलाई रोबर्ट हस्तान्तरण गर्ने जनाएको छ ।

सम्बन्धित समाचार