सिलिचोङः सवै जनप्रतिनिधीहरुले एक महिनाको सुविधा राहत कोषमा जम्मा गर्ने




ताम्कु । सिलिचोङ गाउँपालिकाका सवै जनप्रतिनिधीहरुले एक महिनाको सुविधा वापत आउने सम्पुर्ण रकम विपद ब्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ । आईतबार बसेको गाउँपालिकाको बैठकले सवै जनप्रतिनिधीहरुको सुविधा वापतको रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

५ वटा वडा रहेको गाउँपालिकामा हाल २९ जना जनप्रतिनिधीहरु रहेका छन् । जनप्रतिनिधीहरुले एक महिनाको सुविधा आफुले नलिई सिधै राहत कोषको खातामा जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता नरभुपाल मेवाहाहङले जानकारी दिनुभयो । बैठकले वडा नम्बर तीन प्रवेश गर्ने मागुवा दोभानमा पनि हेल्थ डेस्क राख्ने निर्णय गरेको छ । मागुवाको बाटो हुँदै मानिसहरु गाउँपालिका प्रवेश गर्ने भएकोले असुरक्षा बढ्ने भएको भन्दै सुरक्षाकर्मी सहित स्वास्थ्यकर्मीहरु राख्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनुभयो ।

बैडकले पहिलो चरणमा राहत वितरण गरिएको खर्च पनि अनुमोदन गरेको छ भने गाउँ गाउँमा सचेतनाको कार्यक्रम तिब्र बनाउने निर्णय गरेको अध्यक्ष कुलुङले बताउनुभयो ।

सम्बन्धित समाचार