चिचिलामा १३ जनाको आरडिटी टेष्ट गर्दा सवै नेगेटिभ




खाँदबारी । नेपाल बाहिरबाट आएर क्वारेन्टाईनमा राखिएको १३ जनाको र्यापिड डाईग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा सवैको रिपोर्ट नेगेटिभ आएको छ । होम क्वारेन्टाईनमा राखिएको उनीहरुको आज आरडिटी गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

विभिन्न समयमा भारतबाट आएर होम क्वारेन्टाईनमा राखिएको चिचिलाको १० र मकालु गाउँपालिकाको तीन गरि १३ जनाको परिक्षण गरिएको स्वास्थ्य कार्याल्य संखुवासभाले जनाएको छ । चिचिलामा आज आरडिटी गरिएपछि अव उनीहरु आफ्नो घरमा सामान्य अवस्थामा बस्न सक्ने बताईएको छ । उनीहरुमा कोरोना नभएको पुष्टि भएपनि लक डाउन पुर्णरुपमा पालना गर्नु पर्ने स्वास्थ्य कार्यालय संखुवासभाका प्रमुख रमेश बाह्रकोटीले बताउनुभयो ।

उनीहरुमा जिल्ला प्रवेश गरेको एक महिना कटिसकेकोले पनि उनीहरुमा कोरोना संक्रमण नभएकोमा ढुक्क हुन सकिने प्रमुख बाह्रकोटीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार