खाँदबारीमा हाट लाग्न नदिईने




खाँदबारी । खाँदबारी बजारमा साप्ताहिक रुपमा लाग्ने हटियो बन्द गर्ने खाँदबारी नगरपालिकाले निर्णय गरेको छ । आज बोलाईएको सरोकारवालाहरु सहितको बैठकले यस्तो निर्णय गरेको हो ।

संखुवासभा उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्स संखुवासभा लगायतका संस्थाहरुको प्रतिनिधीहरु सहितको बैठकले खाँदबारी नगरपालिका भित्र सनिबार, बुधबार र शुक्रबार लाग्दै आएको हटिया बन्द गर्ने निर्णय गरेको हो । उक्त हटिया लगाउँदा भिडभाड बढ्ने भएकोले कोरोनाको संक्रमण फैलन सक्ने सम्भावना भएकोले हाट बजार बन्द गर्ने निर्णय गरिएको नगरपालिले जनाएको हो ।

तरकारी तथा कृषी जन्य उपज विक्रि वितरणको लागि नाप तौलका ढक तराजु सहित बजार क्षेत्रमा घुमाएर विक्रि गर्न प्रोत्साहन गर्ने निर्णय गरिएको छ । यसरी विक्रि वितरण गर्दा पनि खरिद कर्ता र विक्रेताले सामाजिक दुरी कायम गर्नु पर्ने निर्णय गरिएको हो । नगरपालिकाको मुख्य बजार क्षेत्रमा संखुवासभा उद्योग बाणिज्य संघ र चेम्बर अफ कमर्स मार्फत तरकारी विक्रि वितरणको लागि ईच्छुक ब्यवसायीहरुलाई प्रोत्साहन गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार