संघ र प्रदेश सांसदहरुद्वारा स्वास्थ्य सामग्री वितरण




खाँदबारी । संघिय सांसद र प्रदेश सांसदहरुले संखुवासभाका स्थानीय तह, स्वास्थ्य संस्था र सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेका छन् । खाँदबारी अस्पतालमा एक कार्यक्रम आयोजना गरि स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

प्रतिनिधी सभा सदस्य तथा संघिय सांसद राजेन्द्र गौतमले जिल्ला अस्पताल खाँदबारी, स्वास्थ्य कार्यालय र स्थानीय तहलाई पीपीई सेट, सेनिटाइजर, मास्क लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् । गौतमले ७ हजार सर्जिकल माक्स, ६० थान एन ९५ माक्स, ८४ थान पीपीई सेट, २२ लिटर सेनिटाइजर, २ सय ५० थान ग्लोब्स, ४० थान चस्मा र ४० थान गाउन उपलब्ध गराएको हो । सांसद गौतमले स्वास्थ्य सामग्रीहरु जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्य मार्फत १० वटै स्थानीय तहका प्रमुखलाई हस्तान्तण गर्नुभयो । सांसद गौतमले विराट अस्पतालले उपलब्ध गराएको हजार थान सर्जिकल मास्क जिल्लामा खटिने सुरक्षाकर्मीहरुलाई हस्तान्तरण गर्नुभयो ।

त्यस्तै, प्रदेश सरकारले पनि जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । प्रदेश सरकारले जिल्ला अस्पताललाई ५ सय थान ग्लोब्स, २ सय थान सर्जिकल मास्क, २ थान थर्मल गन उपलब्ध गराएको छ । त्यस्तै, स्वास्थ्य कार्यालयलाई ५ थान थर्मल गन, ५ सय थान ग्लोब्स, ३ सय थान सर्जिकल माक्स, २५ थान पिपिई सेट र ५० थान र्यापिड टेष्ट किट उपलब्ध गराएको छ । उक्त सामग्रीहरु प्रदेश सभा सदस्य एवं सामाजिक विकास समितिका सभापति सरिता थापा खड्काले हस्तान्तरण गर्नुभयो । उक्त सामग्रीहरु स्वास्थ्य कार्यालयहरु मार्फत जिल्लाका स्वास्थ्य संस्थाहरुमा पठाउने गरि उपलब्ध गराईएको सभापति खड्काले जानकारी दिनुभयो ।

सोही कार्यक्रममा पुर्व खानेपानी तथा सररफाई राज्यमन्त्री दिपक खड्काले उपलब्ध गराउनुभएको थर्मल गन र मास्क पनि वितरण गरिएको छ । जिल्लाका स्थानीय तहहरुलाई उपलब्ध गराईएको उक्त सामग्रीहरु नेपाली कांग्रेसका संखुवासभा सभापति दिपनकुमार श्रेष्ठले हस्तान्तरण गर्नुभयो । त्यस्तै, राष्ट्रिय सभा सदस्य तथा विधायन समितिका सभापति पर्शुराम मेघि गुरुङले दश वटै स्थानीय तहहरुलाई उपलब्ध गराउनुभएको थर्मल गन समेत सोही कार्यक्रममा वितरण गरिएको छ ।

सम्बन्धित समाचार