संखुवासभामा चार जनालाई क्वारेन्टाइनमा राखियो



खाँदबारी । संखुवासभामा पहिलो पटक चार जनालाई क्वारेन्टाईनमा राखिएको छ । सिन्धुपाल्चोकबाट हिँडेर खाँदबारी आईपुगेकाहरुलाई क्वारेन्टाईनमा राखिएको हो ।
खाँदबारी नगरपालिका वडा नम्ब्र ६ का चार जनालाई खाँदबारी स्थित बरुण बहुमुखी क्याम्पसमा बनाईएको क्वारेन्टाईनमा राखिएको हो ।

उनीहरु सिन्धुपाल्चोबाट खाँदबारी आउने क्रममा असुरक्षित तरिकारले आएकोले क्वारेन्टाईनमा राख्नु परेको खाँदबारी नगरपालिकाले जनाएको छ । उनीहरु कहिले हिँडेर, कहिले ट्रकमा, भिडभाडमा सहभागी हुँदै आएकोले क्वारेन्टाईनमा राखिएको नगरपालिकाको प्रमुख मुरारी प्रसाद खतिवडाले जानकारी दिनुभयो ।

उनीहरुलाई कम्तिमा १४ दिनसम्म क्वारेन्टाईनमा राखिने र स्वास्थ्य परिक्षण गरेर मात्र पठाईने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार