काठ्माण्डौमाबाट सिलिचोङ आएकाहरुलाई अनिबार्य क्वारेन्टाईनमा राखिने




ताम्कु । काठ्माण्डौबाट सिलिचोङ ल्याईएकाहरुलाई गाउँपालिको प्रत्येक वडाको क्वारेन्टाईनमा राखिने भएको छ । लक डाउनको कारण काठ्माण्डौबाट उद्धार गरि ल्याएकाहरुलाई वडामा बनाईएको क्वारेन्टाईनमा राखिने गाउँपालिकाले निर्णय गरेको हो ।

कोरोना भाईरसको संक्रमण हुन सक्ने भएकोले १४ दिनसम्म क्वारेन्टाईनमा राखिने गाउँ कार्यपालिकाको बैठकले पारित गरेको हो । त्यस समयावधी भित्र खाने र बस्नेको ब्यवस्था गाउँपालिकाले नै गर्ने निर्णय गरेको हो ।

काठ्माण्डौबाट ३४ जना सिलिचोङवासी ल्याईएको हो । यसरी उद्धार गरिल्याईएकाहरुलाई स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षण गरेपछि मात्र गाउँ भित्र्याईने निर्णय गरिएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार